Suman Aryal

झुवानी सामुदायिक पुस्तकालयमा हजुरबुवा हजुरआमाको कथा र नातिको चित्र कार्यक्रम संञ्चालन

स्थानिय लोक संस्कृती,कला, साहित्य तथा लोप हने अवस्थामा रहेका घटना तथा कथाहरुको संरक्षण तथा पुरानो र नयाँ पुस्तालाई जोड्ने उद्धेश्यले आज झुवानी सामुदायिक सामुदायिक पुस्तकालयमा एक समारोह बिच बाजे बज्यैको कथा मेरो चित्र नामक कार्यक्रको शुरुवात गरियो । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष श्री केशब राज आचार्य ज्यूको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा वाल साहित्य समाजका …

झुवानी सामुदायिक पुस्तकालयमा हजुरबुवा हजुरआमाको कथा र नातिको चित्र कार्यक्रम संञ्चालन Read More »

पुस्तकालयद्धारा विभिन्न कार्यक्रमहरु

एक गाउँ एक पुस्तकालय, एक विद्यालय, एक पुस्तकालय भन्ने मूल नाराको साथ छैटो पुस्तकालय दिवस झुवानी पुस्तकालयमा पनि मनाईएको छ ।  झुवानी सामुदायिक पुस्तकालय हब तथा यसका सेटलाईट सेन्टर टरौलाी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिब्य ज्योती सामुदायिक पुस्तकालय र गर्दी सामुदायिक पुस्तकालयहरुले विबिध कार्यक्रमहरु गरी पुस्तकालय दिवस मनाएका हुन्  ।  वि.सं. २०७० …

पुस्तकालयद्धारा विभिन्न कार्यक्रमहरु Read More »

बछौलीलाई साक्षर बनाउने प्रतिबद्धता

बछौली गाविसलाई साक्षर बनाउन स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । झुवानी सामुदायिक पुस्तकालय र श्रृजनशील सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेकोे कार्यशाला गोष्ठीमा बोल्नेहरुले निरक्षर हटाई साक्षर बनाउने प्रतिबद्धता जनाएका हुन् ।बोल्ने सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट आर्थिक, नैतिक, भौतिक सहयोग गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस गाउँ कमिटी सभापति केदार चापागार्इं, नेकपा एमाले अध्यक्ष …

बछौलीलाई साक्षर बनाउने प्रतिबद्धता Read More »

च्याउखेती हुँदै कुखुरा पालन

पूर्वी चितवनको बछौली गाविस वडा नं. ६ की दसिया महतो अहिले कुखुरापालन गर्छिन् । योभन्दाअघि उनले च्याउखेती गरेकी थिइन् । च्याउबाट भएको आम्दानीमा केही रकम थपेर उनले मासुका लागि बिक्री हुने ब्रोइलर कुखुरा पाल्न थालेकी हुन् । गाउँको झुवानी सामुदायिक पुस्तकालयले उनको जीवनमा यस्तो परिवर्तन ल्याएको हो ।‘दुई वर्षअघि पुस्तकालयले च्याउखेतीका बारेमा तालिम दिएको थियो …

च्याउखेती हुँदै कुखुरा पालन Read More »

पुस्तकालय दिवसमा सम्मान

शिक्षामन्त्री माधवप्रसाद पौडेलले छैटौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट सामुदायिक पुस्तकालय, पाठक र पुस्तकालयकर्मीलाई सम्मान गर्नुभयो । पुस्तकालय दिवसको मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा चितवनको झुवानी सामुदायिक विद्यालयलाई उत्कृष्ट पुस्तकालयका रुपमा सम्मान गरिएको हो ।यस्तै उत्कृष्ट पाठक सम्मान रातोबङ्गला माविका गौरव पाठक र उत्कृष्ट पुस्तकालयकर्मीका रुपमा नेपाल राष्ट्रिय पुस्तकालयका कर्मचारी अनुपमा …

पुस्तकालय दिवसमा सम्मान Read More »

बाल्मीकि आश्रममा गर्दी सामुदायिक पुस्तकालयको स्वास्थ्य शिविर

माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयले चितवन राष्ट्रिय निकुञ्जसंगै रहेको बाल्मीकि आश्रम क्षेत्रमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भरतपुरस्थित मौलाकालिका अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट बाल्मीमि आश्रम क्षेत्रमा बसोवास गर्दै आइरहेका १४ घरपरिवारसंगै नवलपरासी जिल्लाबाट आएका पचासौंको स्वास्थ्य परीक्षण गरिएको पुस्तकालयका अध्यक्ष भरत तिमिल्सिनाले जनाउनुभयो । शिविर सञ्चालनका लागि पूर्वी …

बाल्मीकि आश्रममा गर्दी सामुदायिक पुस्तकालयको स्वास्थ्य शिविर Read More »