झुवानी सामुदायिक पुस्तकालयमा हजुरबुवा हजुरआमाको कथा र नातिको चित्र कार्यक्रम संञ्चालन

स्थानिय लोक संस्कृती,कला, साहित्य तथा लोप हने अवस्थामा रहेका घटना तथा कथाहरुको संरक्षण तथा पुरानो र नयाँ पुस्तालाई जोड्ने उद्धेश्यले आज झुवानी सामुदायिक सामुदायिक पुस्तकालयमा एक समारोह बिच बाजे बज्यैको कथा मेरो चित्र नामक कार्यक्रको शुरुवात गरियो ।
झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष श्री केशब राज आचार्य ज्यूको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा वाल साहित्य समाजका यस कार्यक्रमकी संयोजक श्री अनुराधा शर्मा ज्यूले कार्यक्रमको अवधारणा बारे प्रस्तुत पार्नु भएको थियो ।रिड नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम नेपालको ५ वटा सामुदायिक पुस्तकालयमा संञ्चालन हुन गइरहेको छ र यस कार्यक्रममा नेपाल वाल साहित्य समाज साझेदार संस्थाको रुपमा रहेको छ । समुदायमा रहेको बृद्धबृद्धाहरु जो सँग पुरानो इतिहास अनुभब छ, जसलाई पुरानो रितिरिवाज संस्कृती तथा धरेहरको अनुभव छ तर कतै लिखित रहेको छैन । त्यस्ता कथाहरु समूदायका बृद्धबृद्धाहरुले भन्ने तथा समूदायमा रहेका वालवालिकाहरुले उक्त कथाहरुको आधारमा चित्र बनाउने तथा कथा लेख्ने र एउटा कथा पुस्तक तयार पार्नु यस कार्यक्रमको मूलभुत उद्देश्य रहेको छ ।
कार्यक्रमको सम्पूर्ण कार्यावन्यन पछिको जिम्वेबारी नेपाल बाल साहित्य समाज काठमाण्डौले लिएको छ भने कार्यक्रलाई सफल पार्नको लागि सहयोगी भुमिका झुवानी सामुदायिक पुस्तकालयले निवार्ह गर्नेछ ।
समूदायमा रहेका अनुभवी वृद्धवृद्धाहरुको छनोट, उहाँहरुलाई कथा भन्ने प्रक्रिया सम्बन्धी तालिम, चित्र बनाउने तथा कथा लेख्न सक्ने वालवालिकाहरुको पहिचान तथा उनिहरुलाई चित्र बनाउने कथा लेख्ने तालिम प्रदान गरिने, वालवालिकाद्धारा तयार पारिएको चित्र र कथा संकलन गरि अन्तिममा एउटा बास्तविक कथा पुस्तक यस कार्यक्रम मार्फत तयार पारिनेछ । उक्त पुस्तक तयार भए प्रश्चात पुस्तकमा आधारित भई नाटक मन्चन गरि समूदायका विभिन्न स्थानहरुमा देखाउने पनि कार्यक्रमको उद्देश्य रहेको छ ।
यस कार्यक्रम मार्फत हाल सम्म नलेखिएको स्थानिय स्तरमा रहेका कला, संस्कृती, लोककथा, गाथा, धरोहरको संरक्षण हुनुका साथै त्यस्ता विषयबस्तुहरु समूदायका नया पुस्तहरुले पनि पुस्तकको मार्फत अध्ययन गर्न पाउने र नाटकको मार्फत प्रत्यक्ष हेर्न पाउने हुँदा त्यस्ता बहुमूल्य विषयबस्तुहरु संरक्षण हुनुको साथै नयाँ र पुराना पुस्ताहरु बिचको दुरी एकहद सम्म कम हुन सक्ने विश्वास रिड नेपाल, वाल साहित्य समाज तथा झुवानी सामुदायिक पुस्तकालयको रहेको छ ।
झुवानी सामुदायिक पुस्तकालयबाट शुरु भएको यस कार्यक्रम अव लगतै लक्ष्मी नारायण सामुदायिक पुस्तकालय लमजुङ्ग, जनजागरण सामुदायिक पुस्तकालय नुवाकोट, ज्ञान विकास सामुदायिक पुस्तकालय पनौती र रिड सुचना तथा स्रोत केन्द्र वडिखेल ललीतपुरमा संञ्चालन गरिने कुरा रिड नेपालद्धारा जानकारी गराइएको थियो ।