पशु रोग र समस्या सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयले रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा आयोजित कार्यक्रम प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगर्त गाईबस्तुमा लाग्ने रोग र समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम नवोदय कृषक महिला समुहमा भएको छ । गाईबस्तुमा तत्कालिन अवस्थामा हुने रोग तथा तिनको ब्यवस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा पशु सेवा केन्द्र रत्ननगर टाँडीका प्रमुख इश्वरी मिश्र ज्यूले सहजीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा ३ पुरुष सहित १९ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थिती प्राविधिकले तत्कालिन रुपमा भैराखेको गाईबस्तुको समस्यको समाधानका उपायहरु दिनु भएको थियो ।
१) वर नखोज्‍ने
सामान्यतया वालि नखोज्नुलाई वर नखोज्ने भनिन्छ । वर नखोज्ने कारण धेरै हुन्छ जस्तै पौष्टिक तत्त्वको कमी, विभिन्न रोग र परजिवी, असन्तुलित आहार आदी विभिन्न कारणहरु छन् । यसको सामाधानको लागि गाईवस्तुहरुलाई सन्तुलित र पौष्टिक आहार दिनु पर्दछ र प्राविधिकलाई वोलाएर जाँच गराई आवश्य औषधि उपचार गर्नु पर्दछ ।
२) थुनेलो
थुनेलो धेरै कारणहरुले हुन सक्छन् जस्तै गोठ, पशु र दुहुने मानिसको सरसफाईको कमीले र गाई वास्तुहरु दुहुने वितिकै गोबरमा बस्नाले विभिन्न जीवाणुहरु, विषणुहरु ढुसी कल्चौडो वा शरीर भित्र प्रवेश गारेमा यो रोग लाग्दछ । थुनेलो भएपछि गाईवस्तुहरुमा अचानक थुन र कल्चौडो सुन्निने, कडा, रातो र छाम्दा दुख्ने हुन्छ । दुध बिग्रने, पातलो पानीजस्तो आउने, छोक्राहरु आउने र कहिलेकाँही दुध नआउने हुन्छ । यसको रोक थामको लागी गोठ, पशु, दुध दुहुने मानिसको र भाँडोको सरसफाईमा विशेष ध्यान दिने । दुध दुही सकेपछी गाईवश्तुहरुलाई घाँस पराल दिनु पर्दछ जसले गर्दा फोहरमा वस्न पाउदैन र जीवाणुहरु प्रवेश गर्न पौदैन ।
३) खोरेत
खोरेत धेरै कारणहरुले लाग्न सक्दछ जस्तै सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित उपकरण, घाँसपात आदिको माध्यमबाट र सङ्क्रमित पशुसँग संसर्गमा आयको मानिसको माध्यामबाट योरोग लाग्न सक्दछ । यो रोग लागे पछि खुरका काँपहरुमा समेत फोकाहरु उठ्ने र घाउ बन्ने, ज्वरो आउने, दुध उत्पादन घट्ने, जिब्रो, मुख वरिपरि, गिजाहरुमा पानी भरिएका फोकाहरु उठ्छन् । यसको रोकथामको लागी खोप लगाउने, रोगी पशुलाई अलग्याउने, पशु आवातजावातमा पनयन्त्रण गर्ने र गोठको सरसफाईमा ध्यान दिने ।

यि सबै कुराको जानकारी दिनुको साथ साथै उपस्थित कृषक मध्ये केही किसानको गोठमा गयि गाईवश्तुको जाच पनि गरिएको थियो । उहाँले किर्नाको घरयासी तरीकाले नियन्त्रण गर्न सिकाउनु भएको थियो । एक बाल्टि पानीमा ३ ४ पोका सुर्ती लुगामा बेरी पानीमा डुबाएर राख्ने सुर्तीले छोडेको रस पशुको किर्ना परेको ठाउँमा लागाउदा किर्नाको नियान्त्रण गार्न सकिन्छ ।