पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता कार्यक्रम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयले सातौं पुस्तकालय दिवसको अवसरमा चित्रकला तथा कविता प्रतियोगितको
सम्पन्न गरेको छ । “पुस्तकालय विस्तार, सभ्य समाजको आधार” भन्ने मूल नाराका साथ भाद्र ८ गते देखी १५ गते सम्म चल्ने साप्ताहिक पुस्तकालय दिवसको अवसरमा गत वर्ष झै  यस वर्षपनि कार्यक्रमका अयोजना गरको पुस्तकालय अध्यक्ष श्री केशब राज आचार्य ज्यूले जानकारी दिनु भयो ।

पुस्तकालयले आयोजना गरको चित्रकला प्रतियोगितामा ९ विद्यालयका १७ जना विद्यार्थीले सहभागि जनाएका थिए भने कविता प्रतियोगितामा ८ विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । पुस्तकालयका शिक्षा समितीका संयोजक श्री राम चन्द्र महत्तोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्णायक मण्डलमा खैरहनी उच्च मा.वि.का सर श्री नवराज ढकाल ज्यू र झुवानी उच्च माध्यामिक विद्यालय सर श्री सुकदेव सुवेदी र कमल अधिकारी ज्यूको उपस्थिती रहेको थियो । चित्रकला कार्य प्रथम श्री झुवानी उच्च माध्याकि विद्यालयका शंकर महत्तो द्धितियमा श्री लिटिर स्टार उच्च वोडिङ्ग स्कुलका समिर अधिकारी तथा तृतीय स्थानमा झुवानी उच्च माध्यामिक विद्यालयका सुरज महत्तो ज्यू विजय हुनु भएको छ भने कविता प्रतियोगितामा प्रथम श्री कपिया उच्च माध्यामिक विद्यालयका श्री सन्देश डल्लाकोटी, द्धितीयमा बछौली उच्च मा.वि.का अनिल भट्टराई र तृतीयमा लिटिर स्टरा बोर्डिङ्ग स्कुलका छात्रा श्री हर्षिता आले हुन भएको थियो भने उक्त कार्यक्रम ११ :३० मा शुरु भई ३:३० मा समापन भएको थियो ।