पुस्तकालयमा १८ ‍औ‌ रक्तदान कार्यक्रम

झुवानी सामुदायिक पुस्तकालयमा माघ २१ गतेका दिनका दिन १८ औं रक्तदान कार्यक्रम सम्पन्न भयो । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्षद्धरा रक्तदान गरी कार्यक्रमको उद्द्घाटन गरिएको थियो । 

झुवानी सामुदायिक पुस्तकालयमा गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३० जनाको सहभागिता रहेको थियो । भने त्यस रक्तदान कार्यक्रम रत्ननगर नगरपालिका, जुटपानी गा.वि.स. र कुमरोज गा.वि.स.का ब्यक्तिहरु सहभागि भएका थिए । रन्तनगर नगरपालिका बछौली सेवा केन्द्रका प्रमुख वासुदेव रिजालको प्रमुख आथित्यमा संञ्चालन भएको सो कार्यक्रम झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष श्री सावित्रि कुमारी पण्डितले संयोजन गर्नुृ भएको थियो ।