पुस्तकालयद्धारा विभिन्न कार्यक्रमहरु

एक गाउँ एक पुस्तकालय, एक विद्यालय, एक पुस्तकालय भन्ने मूल नाराको साथ छैटो पुस्तकालय दिवस झुवानी पुस्तकालयमा पनि मनाईएको छ । 
झुवानी सामुदायिक पुस्तकालय हब तथा यसका सेटलाईट सेन्टर टरौलाी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिब्य ज्योती सामुदायिक पुस्तकालय र गर्दी सामुदायिक पुस्तकालयहरुले विबिध कार्यक्रमहरु गरी पुस्तकालय दिवस मनाएका हुन्  ।  वि.सं. २०७० साल भाद्र ९ गते देखी १५ गते सम्म शुरु भएको साप्ताहिक पुस्तकालय दिवसको अवसरमा झुवानी सामुदायिक पुस्तकालयले भाद्र ११ गते चित्रकला प्रतियोगिता, १४ गते वतृत्वकला प्रतियोगिता र १५ गतेका दिन ब्यानर सहित बछौली गा.वि.स.का वर्डा नं. ८,९ परिक्रमा गरि पुस्तकालयको महत्व एवंम् आवश्यकता बारे विभिद कार्यक्रमहरु गर्दै पुस्तकालय दिवस मनाएको छ भने यस पुस्तकालयका सेटलाईट  सेन्टरहरुमा टरौली सामुदायिक पुस्तकालयले ११ गते चित्रकला प्रतियोगित, १३ गते जनचेतना मूलक भिडियो प्रर्दशनी, १४ गते म्यूजिकल चियर प्रतियोगिता र १५ गते ब्यानर सहित कार्यक्षेत्र परिक्रमा, सौराहा सामुदायिक पुस्तकालयले १३ गतेका दिन शिक्षा मूलक भिडियो प्रर्दशनी, १४ गते निम्बन्ध प्रतियोगिता र १५ गतेका दिन चित्रकला प्रतियोगिता र ब्यानर सहित बजार परिक्रमा, रत्नमान टेकबहादुर सामूदायिक पुस्तकालयले १३ गतेका दिन जनचेतना मूलक भिडियो प्रर्दशनी, १४ गतेका दिन चिक्रकला प्रतियोगित र १५ गतेका दिन ब्यानर सहित कार्यक्षेत्र परिक्रमा र गर्दी सामुदायिक पुस्तकालयले १४ गतेका दिन चित्रकला प्रतियोगिता र १५ गतेको दिन जनचेतना मूलक भिडियो प्रर्दशनी एवंम् ब्यानर सहित गर्दी बजार परिक्रमा गरी पुस्तकालय दिवस भब्यताका मनाईएको छ ।