झुवानीको अध्यक्षमा आचार्य

झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा सावित्री कुमारी पण्डित आचार्य सर्व सम्मत चुनिनु भएको छ ।
मिति २०७३ पौष १३ गते भएको ११ आंै वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदसीय कार्यसमितिको चयन गरेको छ । सहकारी को उपाध्यक्षमा अर्चना दुवाडी रिमाल , सचिवमा जमुना सापकोटा आचार्य, सहसचिवमा भगवति घिमिरे, कोषाध्यक्षमा शारदा महतो चयन हुनु भएको छ । साथै सदस्यहरुमा निक्कि चौधरी, बालकुमारी कार्कि, सिर्जना खतिवडा, सिता न्यौपाने तिमिल्सिना, अम्विका अधिकारी र निर्मला रेग्मी निर्वाचित हुनु भएको छ ।

यसैगरि ३ सदस्य लेखासमितिमा संयोजक जयन्ति रिजाल सस्दयहरु ईन्दिरा नेपाल र विना चौधरी सर्व सम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिको संयोजक सिता अधिकारी ले जानकारी दिनु भयो ।
यस संस्थाका उपाध्यक्षले स्वागत मन्तव्य प्रस्तु गर्नु भएको कार्यक्रममा सह सचिव जमुना आचार्यले ०७३ ०७४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा वृद्ध वचतकर्ता, उत्कृष्ट शेयर खरिद कर्ता , बालवचत , समुह बचत तथा दैनिक बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
रत्ननगर नगरपालिका सेवा केन्द्र प्रमुख बाशुदेव रिजालले पानमा वत्ति बालि उद्घाटन गर्नु भएको कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव राज आचार्य , झुवानी सामुदायिक महिला बचत तथा सहकारी संस्था लि. का संस्थापक अध्यक्ष तथा ईम्पावर जेनेरेसनका कार्यकारी निर्देशक सिता अधिकारी , सानाकिसान सहकारी संस्था लि का अध्यक्ष गोपि लम्साल, सौराहा सामुदायिक पुस्तकालय कोषाध्यक्ष सुजता विष्ट लगायत देवकि अिधिकारी शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष धनकुमारी रेग्मीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।