झुवानीमा बाझोपन निवारण शिविर

झुवानी सामुदायिक पुस्तकालयको आयोजना, गौरीधारा दुग्ध सहकारी संस्था लि. को र पशु सेवा कार्यलय रत्ननगरको प्राविधिक सहयोगमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Animal Health Camp

शिविरमा २५० वटा गाई भैसिको बाझोपनको उपचार गरि निशुल्क औषधि वितरण गरिएको झुवानी सामदायिक पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले जानकारी दिनुभयो । शिविरमा २०० वटा बाख्रालाई पिपिआर खोप तथा नाम्ले जुकाको औषधि खुवाईएको उहाँले जानकारी दिनु भयो ।
राष्ट्रिय पशु पंछि अन्वेषण केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाँई प्रमुख अथिति हुनु भएको कार्यक्रममा पशु विकास अधिकृत शालिकराम पौडेल, पशु स्वास्थ्य प्राविधिक ईश्वर दत्त मिश्र, भजन शाह, झुवानी सामदायिक पुस्तकालयका उपाध्यक्ष गोविन्द राज नेपाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
गौरिधारा दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष कुमार धमलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।