मिति २०७४ भाद्र १४ गतेका दिन झुवानी सामुदायिक पुस्तकालयको आयोजना रिड नेपाल तथा प्राक्टिकल एक्सनको सहयोगमा सञ्चालित कार्यक्रम प्रािधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत श्री नवदोय सामुदायिक कृषक समुहमा धान खेति समस्या सम्वन्धि फोकस ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न गरियो ।
सो डिस्कसन कार्यक्रम मा श्रावण २८ र २९ गते आएको बाढि पश्चात धान खेतिमा लागेको रोगको बारेका छलफल गरिएको थियो । सहभागीहरुले बाढि पश्चात धान खेतिमा अत्याधिक मात्रामा समस्या देखिएको वारे बताउनु भएको थियो । अत्याधिक मात्रामा धान खेतिमा देखिएको समस्या समाधान गर्नको लागी झुवानी सामुदायिक पुस्तकालयले अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम मा १३ जना महिला सहित जम्मा १४ जनाको सहभागीता रहेको थियो ।
