१७ औं रक्तदान कार्यक्रम सम्पन्न

झुवानी/झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयूक्त आयोजनमा मिति २०७१ साउन ९ गतका दिन खुल्ला रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भयो । बछौली गा.वि.स. सचिब तेजेन्द्र नाथ लामिछानेले महिला रक्तदाता बाल कुमारी चौधरीलाई रक्त संकलन ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो भने कार्यक्रम झुवानी सामुदायिक पुस्तकालयका कोषाध्यक्ष तथा स्वाथ्य उप समितिका संयोजक राम प्रसाद सापकोटाको संयोजकत्वमा भएको थियो ।
पुस्तकालयद्धारा संञ्चालित १७ औं रक्तदान कार्यक्रममा ५३ पुरुष सहित ५५ जनाले रक्तदान गर्नुभएको थियो । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशब राज आचार्यको सभापत्तित्वमा संञ्चालित सो कार्यक्रममा कार्यक्रमका सभापतिले ४१ औं पटक रक्तदान गरी ५५ औं रक्तदाताको रुपमा कार्यक्रम समापन गर्नुभएको थियो ।