झुवानी सहकारीमा सचेतना गोष्ठि


झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकार संस्था लि को आयोजनामा मिति २०७५ भाद्र ४ गते देखि भाद्र ८ गते सम्म सहकारी सचेतना गोष्ठि भई रहेको छ ।
झुवानी सामुदायिक पुस्तकालयको सभाहलमा भई रहेको कार्यक्रममा सहकारीका ८० वटा समुहका अध्यक्ष तथा सचिवलाई प्रशिक्षण दिइएको छ । १५÷ १५ वटा समुह विभाजन गरि दिईएको प्रशिक्षण कार्यक्रम सहकारीका सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरु मार्फत दिइएको छ ।

 

सो कार्यक्रममा समुहको अध्यक्ष तथा सचिवलाई, सहकारी स्थापनाको उदेश्य, बचतको किसिम, ऋण लगानीको लागी आवश्यक जानकारी, खाता खोल्नको लागी आवश्यक कागजपत्र र सो कागज पत्र तयार पार्दा ध्यन दिनु पर्ने कुराहरुको बारेमा जानकारी दिइएको छ ।


झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष सावित्रि कुमारी पण्डित आचार्यको अध्यक्षतामा ४ गते उद्घाटन भएका कार्यक्रम ८ गते समापन हुनेछ ।