दुई दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा मिति २०७५ बैशाख २६ र २७ गते दुई दिन सम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

Jhuwaniclrc

 

सहकारी सस्थाको कार्य समिति तथा विभिन्न उप समिति का सदस्यहरुलाई सहकारी व्यवस्थापन सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उदेश्यका साथ सञ्चालन गरिएको तालिम झुवानी सामुदायिक पुस्तकालयका तालिमहलमा सञ्चालन गरिएको थियो ।

कार्यसमिति तथा उपसमितिका जम्मा २५ जना सदस्यको उपस्थित रकेको तालिमा सहकारी प्रशिक्षक मिस्टरवावु घिमिरेले प्रशिक्षण दिनु भएको थियो ।