कुक तालिम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा १५ दिने कुक तालिम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका वाड नं. ५ को आ.व. २०७४।७५को युवा लक्षित कार्यक्रम अन्तरगत विनियोजित बजेट अन्तरगत विनियोजित बजेट मार्फत सञ्चालन गरिएको थियो ।

 

क तालिममा १३ जना सहभागीहरु रहेका थिए भने तालिम चितवन होटल तालिम सेन्टरको प्रविधिक सहयोगमा सञ्चालन गरिएको थियो । रत्ननगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष कृष्ण महतोको प्रमुख आथिति रहनु भएको कार्यक्रममा बोल्दै आगामी दिनमा युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनु भएको थिया । वडा अध्यक्ष महतोले तालिम सिक्नका लागी मात्रै नभएर आफ्नो जिवन स्तर सुधार्नको लागी हुनु पर्ने वताउनु भयो ।


पुस्तकालयको सह सचिव सौरण रिजालले सञ्चालन गर्नु भएको समापन कार्यक्रममा पुस्तकालयका अध्यक्ष केशव राज आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो ।