झुवानीमा विपत व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

झुवानी सामुदायिक पुस्तकालयको आयोजना, नेपाल रेडक्रस सोसाईटी बछौली उपशाखाको प्राविधिक सहयोगमा तथा रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा विपद व्यवस्थापन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय प्रशिक्षक महेश्वर थपलियाले सहजिकरण गर्नुभएको कार्यक्रममा तिन प्रकारको विपद व्यवस्थापन विषयमा छलफल भएको छ । यस क्षेत्रमा आउने बाढिपहिरो, आगलागी तथा भुकम्पको कारणले हुन सक्ने विपदको बारेमा छलफल गरिएको थियो । यस प्रकारका विपदको कसरि व्यवस्थापन गर्ने विषयमा नेपाल रेडक्रस सोसाईटीका उपसभापति बालकृष्ण चापाँगाईले प्रकाश पार्नु भएको थियो । सो कार्यक्रम ५० जनाको सहभागीता रहेको थियो ।