पुस्तकालयको कार्य समिति चयन

झुवानी सामुदायिक पुस्तकालयको व्यवस्थापन समिति चयन भएको छ । नौ सदस्यि व्यवस्थापन समितिमा फेरि पनि सर्व सम्मतिमा व्यवस्थापन समिति चयन भएको हो । अहिले चयन भएको व्यवस्थापन समितिमा युवा तथा नया अनुहार वढि देख्न सकिन्छ ।
छैठौं अधिवेशन बाट चयन भएको व्यवस्थापन समितिमा अध्यक्षमा चौथो कार्यकालको रुपमा केशव राज आचार्यको अध्यक्षतामा समिति चयन भएको हो । उपाध्यक्षमा प्रमोद रिजाल, सचिव नारायण चौधरी, सह–सचिव सौरण रिजाल, कोषाध्यक्षमा राम प्रसाद सापकोटा चयन हुनु भएको छ । साथै सदस्यहरुमा उर्मिला रिमाल, भगवति घिमिरे, ईन्दिरा नेपाल र समन रिमाल सर्वसम्मत रुपमा व्यपस्थापन समितिमा चयन हुनु भएको हो ।