प्रविधिक ज्ञान सेवा कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न

रिड नेपाल र प्रक्टिकल एक्सनको सहयोगमा विभिन्न सामुदायिक पुस्तकालयमा सञ्चालित प्रविधिक ज्ञान सेवा कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
झुवानी सामुदायिक पुस्तकालयको सभा हलमा भएको समिक्षा कार्यक्रममा सो कार्यक्रमको प्रभावकारीता तथा भावि रणनितिको वारेमा छलफल गरिएको थियो । सो कार्यक्रममा प्रविधिक ज्ञानसेवा कार्यक्रम सञ्चालित पुस्तकालयको अध्यक्ष तथा प्रविधिक ज्ञान सेवा कार्यक्रमको संयोजकहरुको तथा सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।
समिक्षा कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालय, अर्गौलि सामुदायिक पुस्तकालय , सौरहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालय, गर्दि सामुदायिक पुस्तकालय, शिवशक्ति , चतुर्भुजेश्वर, सिर्जना, देउरालि, कमला सिन्धुलि सामुदायिक पुस्तकालय रिड नेपाल तथा प्रक्टिकल एक्सनको सहभागीता रहेको थियो
समिक्षा कार्यक्रम सम्पूर्ण सहभागीहरुले यस कार्यक्रमको प्रभावकारिता अत्यन्तै रहेको यस कार्यक्रम निन्तर रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थिया । रिड नेपालका कार्यक्रम अधिकृत चिनकाजि श्रेष्ठले सो कार्यक्रम आगामाी दिनमा रिड नेपालद्धार स्थापित सम्पूण पुस्तकालयमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको बताउनु भएको थियो। साथै सोहि कार्यक्रममा प्राक्टिकल एक्सनका उपेन्द्र श्रेष्ठले आगामी दिनमा विभिन्न मोडलमा यस कार्यक्रम सञ्चालन गरिने बाताउनु भएको थियो ।
प्रक्टिकल एक्सनका कन्ट्रि डाईरेक्टर अचुत लुईटेल प्रमुख अथिति रहनु भएको समिक्षा कार्यक्रमका सभापति झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले पुस्तकालयले प्रविधिक ज्ञान सेवा कार्यक्रमका साथै अन्य कार्यक्रम निरन्तर सञ्चालन गरि समुदायको आवश्यकता परिपूति गर्नको लागी पुस्तकालयले दिगो परियोजना सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।