पशु स्वास्थ्य शिविर सम्पन्न

झुवानी सामुदायिक पुस्तकालय, गौरिधारा दुग्ध उत्पादक सहकारी संस्था लि. र मद्यवर्ती दुग्ध सहकारी संस्था लि. को आयोजनामा रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा बाढि प्रभावित क्षेत्र रत्ननगर नगरपालिका ५ झुवानीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर र वडा नं.७ मा घुम्ती पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला पशु सेवा कार्यलय ,रत्ननगर नगरपालिका, नेल्टा चितवन , नेभ्ला चितवन र नेपाल पशुपंछि व्यवसायि संघ चितवनको प्राविधिक सहयोगमा सञ्चालित सो कार्यक्रममा झुवानी १०६ जना कृषकहरुको पशुहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै रत्ननगर नगरपालिका वडा नं. १७ को ५५ जना कृषकहरुले सेवा पाएका थिए
झुवानीमा १०६ जना कृषकहरुको १२२ वटा गाई ३२ वटा भैसि र २२५ वटा बाख्रा साथै बद्रहनि क्षेत्रमा ५५ कृषकहरुको ८१ वटा बाख्रा, ७६ वटा भैसि र १९ वटा गाईहरुको निशुल्क स्वाथ्य परिक्षण गर्नुको साथै निशुल्क औषधि वितरण गरिएको थियो । झुवानी सामुदायिक पुस्तकालयद्वार सञ्चालित कार्यक्रम प्रविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत सो पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।