साक्षर चितवन अभियान र्‍याली सम्पन्न

साक्षर चितवन अभियान सफल पार्नको लागि “घर घरमा पढ्न लेख्न जान्नेले नजान्नेलाई सिकाउ साक्षर चितवन अभियान सफल पारौ” भन्ने मूल नाराको साथ मंगलबार बछौली गाविसको वडा नं. ९ टरौलीमा र्‍याली सम्पन्न भएको छ । झुवानी सामुदायिक पुस्तकालय आयोजना र आर्दश राप्रावि टरौलीको सहकार्यमा सो र्‍याली सम्पन्न भएको हो । र्‍यालीमा साक्षर चितवन हाम्रो अभियान, साक्षर बछौली हाम्रो अभियान, घर घरमा पढ्न लेख्न जान्नेले नजान्नेलाई सिकाउ लगाएतका विभिन्न पर्चा पम्प्लेट सहित नारा समेत लगाईएको थियो ।
आर्दश राप्रावि टरौलीबाट शुरु भएको र्‍याली टरौली बिच गाउ हुदै अमरबस्ती परिक्रमा गरेर पुन टरौली बिच गाउमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीको समापन समारोहमा बोल्दै झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशबराज आचार्यले साक्षर नेपाल कार्यक्रम अन्तरगर्त, साक्षर चितवन अभियानमा साक्षर बछौली कार्यक्रम २०७० चैत्र २६ गते बाट बछौली गाउ विकास समितको सबै वडा र निराक्षर भएको सबै टोल गाउ बस्तीहरुमा साक्षरता कक्षाहरु संचालन भै रहेकोले उक्त कार्यक्रममा सहभागी हुन र आ आफ्नो ठाउबाट सहयोग गर्न सरोकारवाला संघ संस्था, व्यक्ति र निकाय सबैमा अनुरोध पनि गर्नु भएको थियो ।
र्‍यालीमा आर्दश राप्रावि टरौलीका शिक्षक, विद्यार्थी, अभिभाबक तथा समुदायका व्यक्तिहरु लगाएतको उपस्थिती रहेको थियो । साक्षर चितवन अभियान अन्तरगर्त बछौली गाविसलाई साक्षर बनाउनको लागि झुवानी सामुदायिक पुस्तकालयले जिम्मेवारी लिएको छ । साथै यहि बैशाख २६ गते बछौली गाविस अन्तरगर्त वडा नं. ६ बछौली र वडा नं. ८ र ९ झुवानीमा यस्तै साक्षर अभियान र्‍यालीको आयोजना गरिने पनि आयोजकले जनाएको छ ।