सरसफाई कार्यक्रम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालय र Jhuwani Environment Protection Program को सयुक्त आयोजना पोजेटिभ सोसाइटी नेपाल र लियो क्लब अफ चितवन सौराहाको सहयोगमा झुवानी गाँउ सरसफाई कार्यक्र सम्पन्न गरिएको छ ।
जिवन पर्यन्त शिक्षाका लागि एक स्थानिय तह एक नमुना पुस्तकालय भन्ने मुल नाराको साथमा दशौ राष्ट्रिय पुस्तकालय सप्ताह अन्तरगत सो कार्यक्रम गरिएको थिया । सो कार्यक्रम पुस्तकालय अध्यक्ष केशवराज आचार्य र नव निर्वाचित अध्यक्ष कृष्ण महतोले सयुक्त रुपमा फोहर टिपेर उद्घाटन गरिएको थियो । सरसफाई कार्यक्रम झुवानी गाँउ भरी सञ्चालन गरिएको थियो ।
सामापन अघि  Jhuwani Environment Protection Program को संयोजक रामचन्द्र महतोले गाँउ घर नमुना बनाउनको लागी स्थानिय बासि स्वयमले गाँउ घरको फोहर व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो भने लियो क्लव अफ चितवन सौराहा र पोजेटिभ सोसाइटीका अध्यक्ष सौरण रिजालले वातावरण संरक्षण तथा सरसफाईमा हामि सवैले ध्यान दिनु पर्ने बताउनु भएको थियो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतोले पुस्तकालय दिवशको अवसरममा सरसफाई कार्यक्रम गरेकोमा पुस्तकालयलाई धन्यवाद दिदै अव आउदो दिनमा पनि यस्तै अन्य कार्यक्रम गर्नको लागस् आफ्नो व्यक्तिगत र संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै पुस्तकालय अध्यक्ष केशवराज आचार्यले अहिले सम्म पुस्तकालय यस क्षेत्रको आवश्यकता अनुसार नै कार्यक्रम गरिरहेको जानकारी गराउदै आगामी दिनमा पनि यस क्षेत्रका व्यक्तिहरुको आवश्यकता अनुसार नै कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो ।