वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न

झुवानी सामुदायिक पुस्तकालयमा वालवालिकाको क्षमता अभिवृद्धि गर्ने तालिम सम्पन्न भएको छ । वालवालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।

रत्ननगर नगरपालिका आ.व २०७३। ७४ लक्षित वर्ग कार्यक्रम  अन्तरगत बालवालिका लक्षित कार्यक्रम अन्तरगत सो तालिम सञ्चांलन गरिएको थियो । सो क्षमता अभिवृद्धि तालिममा ११ वर्ष देखि १६ वर्ष सम्मका ५२ जना वालवालिकाहरुको सहभागीता थियो ।

सो तालिम मार्फत वालवालिकाहरुको व्यत्तित्व विकास हुने लक्ष्य लिईएको छ । सो तालिमको प्रशिक्षकको रुपमा दिपक अधिकारीले सहजिकरण गर्नु भएको थियो ।