भरतपुरमा जिल्ला परियोजना बैठक सम्म्पन

मिति २०७३ असोज २ गतेका दिन झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा जिल्ला स्तररिय समन्वय बैठक सपन्न भएको छ । चितवन जिल्लाका जिल्ला समितिको स्थानिय विकास अधिकारीको संयोजकत्वमा तथा जिल्ला प्रसाशनका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा संञ्चालन भएको कार्यक्रममा जिल्लाको सम्बन्धित सरोकार कार्यालयहरु जनस्वास्थ्य प्रमुख, महिला बिकास प्रमुख, जि.वि.स. प्रमुख, जिल्ला कृषि विकास प्रमुख सहित १३ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष श्री केशब राज आचार्य ज्यूले पुस्तकालयले गर्त वर्ष गरेका कार्यक्रमहरुको जानकारी दिदै पुस्तकालयले आगामी दिनहरुमा गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । पुस्तकालयले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, प्राविधिक ज्ञान सेवा कार्यक्रम, सुचना र प्रविधि, जिविको पार्जन तथा अन्य विषयमा रहेका काम गर्दै गरेका पुस्तकालयका अध्यक्ष ज्यूले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य पुस्तकालयका कोषाध्यक्ष श्री राम प्रसाद सापकोटा ज्यूले गर्नु भएको थियो भने कार्यक्रम विहान ७ः३० देखी ११ः३० सम्म संञ्चालन भएको थियो ।